किशोरावस्थामै परिपक्व प्रदर्शनका लागि तयार छिन् प्रिती

काठमाडौं, (खेलाडी)- आगामी मंसिरमा प्रिती राई १७ वर्ष लाग्दै छिन् । तर उनले सानो उमेरमै राष्ट्रिय महिला टोलीमा स्थान बनाइसकेकी छिन् । आगामी असोजमा नेपालले एएफसी एसिया कप २०२२ छनोटको खेल खेल्दैछ, जहाँबाट उनले राष्ट्रिय जर्सीमा ‘डेब्यु’ गर्ने सम्भावना बलियो छ । 

तयारी दौरान प्रशिक्षकलाई प्रभावित गर्न सके यही भदौ २४ र २७ गते नेपालमा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलबाटै पनि उनले पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव बटुल्न सक्छिन ।

आफ्नै मेहनत र क्षमताको भरमा राष्ट्रिय टोलीसम्मको यात्रा गरेकी प्रितीले पहिलो अवअसरमै आफूलाई प्रमाणित गर्ने विश्वास लिएकी छिन् । उमेरमा सबभन्दा कान्छी भए पनि प्रदर्शनमा परिपक्वता प्रदर्शन गर्दै राष्ट्रिय टिममा आफूलाई स्थापित गर्ने उनको योजना छ ।

‘प्रदर्शनको आधारमा मैले डेब्यू पाउने हो । मैले राम्रै गरेजस्तो लाग्छ । डेब्यु भन्दा पनि आफ्नो खेललाई सुधार गर्नेमा मेरो जोड छ । मौका पाएपछि म आफ्नो तर्फबाट हुन सक्ने जति उत्कृष्ट प्रदर्शन गर्नेछु,’ उनले थपिन् ।

प्रितीले नेपालको १५ वर्ष र १६ वर्ष मुनिको टोलीमा कप्तानको हैसियतमा नेतृत्व गरिसकेकी छिन् । राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्ने पर्खाइमा रहेकी प्रितीले दुई वर्षअघि नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मै अन्तर्राष्ट्रिय ‘डेब्यु’ गर्ने मौका थियो । तर व्यवस्थापकको ठूलो कमजोरीका कारण प्रितीले राष्ट्रिय टोलीको हिस्सा बन्न थप दुई वर्ष कुर्नुपर्यो ।

तर प्रितीलाई त्यसमा कुनै गुनासो छैन । आफ्नै मेहनत र क्षमताको भरमा राष्ट्रिय टोलीसम्मको यात्रा गरेकी प्रितीले पहिलो अवअसरमै आफूलाई प्रमाणित गर्ने विश्वास लिएकी छिन् । उमेरमा सबभन्दा कान्छी भए पनि प्रदर्शनमा परिपक्वता प्रदर्शन गर्दै राष्ट्रिय टिममा आफूलाई स्थापित गर्ने उनको योजना छ ।

‘प्रशिक्षणमा पहिले पनि परेको थिएँ । यसपटक छनोट भएँ, खुसी लागेको छ । मेहनत गरेको थिए, त्यसको फल मिलेजस्तो लागेको छ,’ प्रितीले भनिन्, ‘यो भन्दा माथिल्लो स्तरमा जान एकदमै प्रयास गरिरहेको छु । आफूभन्दा धेरै नै ‘सिनियर’ दिदीहरुसँग खेल्न पाउँदा खुसी छु । मैले यसलाई एउटा प्रतिस्पर्धाको रुपमा पनि लिएको छु । आफुलाई ‘जुनियर’ भन्दा पनि दिदीहरुको ‘टिममेट’का रुपमा स्थापित गर्न चाहन्छु ।’  

समूह ‘एफ’ मा रहेको नेपालले छनोट प्रतियोगितामा दुई खेल खेल्नेछ । पहिलो खेल असोज २ मा फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो खेलमा असोज ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेताले भारतमा हुने एएफसी एसिया कपको ढोका खोल्नेछ । 

साम्बा टिममा अनुपस्थित रहँदा उनको स्थान कस्ले लिन्छ भन्ने अझै पक्का भइसकेको छैन । त्यसैले भविश्यको स्टारका रुपमा लिइएकी प्रितीले साम्बाको अनुपस्थितीमा खाली भएको ठाउँ लिने सम्भावना छ ।

पछिल्लो उपमेयर कपमा काठमाडौंंको टोलीबाट खेलेकी प्रितीले राष्ट्रिय लिगमा भने विभागीय टोली एपिएफबाट खेलेकी थिइन । प्रितीले नेपाली महिला फुटबलको सबभन्दा स्टार खेलाडीले भरिपूर्ण एपिएफमा पनि प्रभाव जमाउँदै पहिलो रोजाईबाटै केही खेल खेल्ने मौकापाएकी थिइन । एपिएफको टिमबाट उनले महिला राष्ट्रिय लिगको उपाधि जितेकी थिइन ।

पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी प्रितीलाई एउटा अवसर पनि छ । अन्तरर्राष्ट्रिय फुटबलमा नेपालकी कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी (साम्बा) अहिले चोटका कारण उपचारमा छिन् । साम्बा टिममा अनुपस्थित रहँदा उनको स्थान कस्ले लिन्छ भन्ने अझै पक्का भइसकेको छैन । त्यसैले भविश्यको स्टारका रुपमा लिइएकी प्रितीले साम्बाको अनुपस्थितीमा खाली भएको ठाउँ लिने सम्भावना छ ।

तर प्रिती भन्छिन्, ‘सावित्रा दिदी नेपालको नम्बर एक खेलाडी हुनुहुन्छ । उहाँ नहुँदा टिमलाई अली अप्ठेरो हुन्छ । तर म राष्ट्रिय टोलीमा उहाँको ठाउँ लिने भन्दा पनि आफ्नै स्थान बनाउने सोचमा छु ।’

दबाब लिए आफैलाई तनाव हुन्छ । त्यही कुरालाई सहज रुपमा लिए झनै माथिल्लो स्तरमा पुग्न सकिन्छ

प्रितीले राष्ट्रिय टोलीको यो अवसरलाई दबाबको रुपमा भन्दा पनि माथिल्लो स्तरमा पुग्न मानसिक रुपमा थप बलियो बन्न उपयोग गर्ने योजना बनाएकी छिन् । 

‘मलाई नेपाली फुटबलको भविष्यको पुस्ताका रुपमा हेरिएको छ । यसलाई दबाबको रुपमा भन्दा पनि सहज रुपमा लैजानु पर्छ । दबाब लिए आफैलाई तनाव हुन्छ । त्यही कुरालाई सहज रुपमा लिए झनै माथिल्लो स्तरमा पुग्न सकिन्छ,’ प्रितीले बिहीबार सातदोबाटो मैदानमा अभ्यासको दौरान भनिन् ।

पहिलो पटक राष्ट्रिय टोलीमा विदेशी प्रशिक्षक हुँदा प्राविधिक र शारिरिक रुपमा राम्रो तयारी भइरहेको उनले बताइन । टिमका सिनियर खेलाडीहरुबाट पनि सहयोग पाएका कारण नयाँ जस्तो अनुभव नभएको प्रितीले सुनाइन ।