फुटबलको इतिहास

फुटबल खेलको विकासकर्ता को ?

फुटबल एक सुन्दर र विश्वकै लोकप्रिय खेल । फुटबल सदियौंदेखि हामी वरपर छ, तर यसको सुरु कहाँबाट भएको हो थाहा छ ?

धेरै मानिस फुटबलको विकास इंग्ल्यान्डबाट भएको मान्छन् । फुटबल एसोसिएसनले आधिकारिक रूपमा नियमन र प्रतियोगिता गर्नूपूर्व यो सन् १८०० को दशकमा इंग्ल्यान्डमा चर्चित खेलको रूपमा विकास भएको थियो ।

तर, यसको विकास प्राचीन ग्रिस, रोम र चीनबाट भएको भन्ने पनि दाबी छ । 

फुटबलको विकास कहाँबाट भयो त ?

फुटबल कुनै व्यक्तिको सामान्य अनुमानभन्दा धेरै अघि विकास भएको हो भन्ने कुरामा कुनै दुईमत छैन । उपलब्ध स्रोतहरूका अनुसार २५०० ईसापूर्व रोमन, ग्रीक र चाइनिजहरूले फुटबल जस्तै खेल खेल्ने गर्थे । 

लगभग २०६ विसीतिर चीनमा ‘त्सु–चु’ नामको एक खेल खेलिथ्यो । जसको अर्थ ‘बललाई हिर्काउनु’ भन्ने हुन्थ्यो । यसमा एक छालाको बललाई दुई बाँसको पोल रहेको नेटमा छिराउने गरिन्थ्यो । हालको फुटबल र ‘त्सु–चु’मा प्रमुख भिन्नता भनेको यसमा खुट्टा मात्र नभई हातको पनि प्रयोग गर्न पाइन्थ्यो ।

जापान, अमेरिका र अस्ट्रेलियामा पनि खुट्टाको आवश्यक पर्ने यस्तै खेल खेलिथ्यो ।

राजाका लागि योग्य 

आज हामीले जसरी फुटबल बुझिरहेका छौं यसमा इंग्लिस इतिहासको ठूलो प्रभाव छ । 

फुटबलको सुरुआती ढाँचाअनुसार नवौं शताब्दीमा गाँउलेहरू बंगुरको ‘ब्लाडर’ लाई हिर्काउँथे र माइलका माइल दगुर्थे । त्यस समय फुटबल हिंसात्मक खेलको रूपमा परिचित थियो । आजको उग्र डर्बी र क्लासिकोभन्दा पनि धेरै । र, केही राजाहरूले यसैकारण भएको दंगाका कारण प्रतिवन्ध समेत लगाएका थिए । 

दरबारभन्दा बाहिरी गतिविधिका कारण चर्चित रहेका राजा हेनिरी आठौं फुटबलको ठूलो समर्थक थिए । हेनरीको मृत्युपछि उनको लुगाफाटोमा फुटबल बुट भेटिएको थियो ।

स्थानीय फुटबल 

१८औं र १९औं शताब्दीमा इंग्ल्यान्ड र फ्रान्ससँगै विश्वका धेरै राष्ट्रले लोक फुटबल खेल्न सुरु गरिसकेका थिए । जुन प्राचीन चीनमा खेलिने ‘त्सु–चु’ जस्तै थियो । 

त्यसबेला खेलिने फुटबल र ‘त्सु–चु’बीचको प्रमुख भिन्नता भनेको खेलाडीको संख्या र गोलको लागि पोस्ट तीन माइलको दुरीमा थियो । यसमा विपक्षी टिमका खेलाडीलाई लात्ती हान्न पाउने हुँदा यो खेल निकै हिंसात्मक थियो ।

नयाँ विचारको सुरुआत 

१८०० को शताब्दीमा इंग्ल्यान्डका सर्वाजनिक स्कुलहरूमा फुटबल खेल्न सुरु भइसकेको थियो । लोक फुटबलमा खेलाडीहरूलाई हातको प्रयोगमा वर्जित गरिएको थिएन । तर, पछि गोलकिपरलाई मात्र हातको प्रयोग गर्न पाउने नियम बन्दा बाँकी खेलाडीमा भने हातको प्रयोग वर्जित गरियो । 

यससँगै, केही खतरनाक ‘ट्याकल’हरूलाई नियम विपरीत रहेको घोषणा गरियो । जसले यसमाहुने हिंसात्मक घटना कम गर्न सहयोग गर्यो ।

१९औं शताब्दीको अन्त्यसँगै विस्तारै यसमा फुटबल क्लबहरूको उदय हुन थाल्यो । स्कुलहरूले अन्तर विद्यालय फुटबल खेल्न सुरु गरे । 

यसरी फुटबल आज विश्वकै सबैभन्दा मन पराइएको खेल बन्यो ।

एफए 

इंग्ल्यान्डमा फुटबल एसोसिएसन (एफए) को स्थानमा १८६३ को अक्टोबर २६ मा भएको थियो । फुटबल एसोसिएसनको स्थापना भएसँगै विश्वकै पहिलो आधिकारिक प्रतियोगिताको रूपमा सन् १८७१ मा एफए कपको सुरुआत भएको थियो । 

यसमा सहभागी क्लबहरूको संख्या बढ्दै गयो र सन् १८८७ सम्म आइपुग्दा प्रतियोगितामा एक सय २८ क्लबले सहभागिता जनाइसकेको थिए । एफएको सुरुआतसँगै सन् १८८५ देखि खेलाडीले खेलवापत पारिश्रमिक पाउन थाले र यसमा व्यावसायिकताको सुरुआत भयो । 

तत्कालीन समयमा एफएले पाएको सफलताले फुटबलको भविष्य निकै सुन्दर रहेको प्रमाणित भइसकेको थियो । यसपछि सन् १८८८ मा विलियम म्याकग्रेगरले इंग्लिस फुटबल लिगको स्थापना गरे । म्याकग्रेगरपछि एस्टोन भिल्लाको निर्देशकसमेत बनेका थिए ।

फुटबलको विश्वव्यापीकरण

फुटबलको लोकप्रियता नेदरल्यान्ड्स, डेनमार्क, स्विट्जरल्यान्ड, बेल्जियम, स्पेन र फ्रान्स हुँदै तीव्र रूपमा विश्वव्यापी हुन सुरु भयो । बढ्दो लोकप्रियतासँगै सन् १९०४ फिफाको स्थापना गरियो । पेरिसमा स्थापना हुँदा यसका सात सदस्य राष्ट्र थिए । 

पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वेमा आयोजना भयो र फुटबल आज हामीले बुझेको खेलको रूपमा स्थापित भयो । 


(एजेन्सीको सहयोगमा)