कराते

सगरमाथा अन्तर्राष्ट्रीय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । शुक्रबारदेखि हुने आठौं सगरमाथा अन्तर्राष्ट्रीय कराते प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार हुन लागेको आठौं सगरमाथा अन्तर्राष्ट्रीय कराते प्रतियोगिता यही जेठ १३ गते शुक्रबारदेखि शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहाल ’प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट इभेन्टमा कुल २६ स्वर्णका पदकका लागि प्रतिस्पर्धा हुने संयोजक एवम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गीले जानकारी गराए ।

तीन दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।