बार्सिलोना

बार्सिलोनाले एमबाप्पे र हाल्यान्ड भित्र्याउने प्रयास गरेनः जाभी

बार्सिलोना । मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोना कहिल्यै फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पे र नर्वेजियन स्ट्राइकर एर्लिङ हाल्यान्ड भित्र्याउने दौडमा नलागेको बताएका छन् ।

जाभीले एमबाप्पे र हाल्यान्ड बार्सिलोनाको यर्थाथपरक लक्ष्य नबनेको भन्दै आफूसँग टिम निमार्णका लागि आवश्यक रकम रहेको बताए ।

बार्सिलोनाले आइतबार ला लिगामा भियारियालविरुद्ध सिजनको अन्तिम खेल खेल्दैछ । ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको स्थानलाई भियारियालसँगको पराजयले पनि फरक पार्दैन ।

‘हामी एमबाप्पे र हाल्यान्डको समिकरणमा कहिल्यै प्रवेश गरेनौं । किनभने हामी यसमा धेरै रकम खर्चिन सक्दैनौं । मलाई क्लबका अध्यक्षले हामीले नयाँ टिमका लागि लगानी गर्न सक्षम रहेको जानकारी दिएका छन् । हामीले यसमा योजना बनाएका छौं र यो कार्यान्वायनको चरणमा छ ।’