बायर्न म्युनिख

बायर्नले लेवान्डोवस्की नबेच्ने कार्यकारी प्रमुखको दाबी

म्युनिख । जर्मन क्लब बार्यन म्युनिखका ओलिभर कानले स्ट्राइकर रोवर्ट लेवान्डोवस्कीलाई नबेच्ने दाबी गरेका छन् ।

कानले लेवान्डोवस्कीलाई क्लबले नयाँ सम्झौताको प्रस्ताव गरेको र क्लब छोड्ने अनुमती प्रदान नगरिने बताएका हुन् । बायर्न र लेवान्डोवस्कीबीचको सम्झौता सकिँन अब एक बर्षमात्र बाँकी छ ।

पोल्यान्डका ३१ वर्षीय स्ट्राइकर लेवान्डोवस्कीले बुन्डोसलिगामा पछिल्लो तीन सिजनयता एक सय १० गोल गरेका छन् ।

यसअघि बायर्नले सम्झौता समाप्त हुनुपूर्व नै लेवान्डोवस्कीलाई बेच्न चाहेको खबर सावर्जनिक भएको थियो ।

यद्यपि, क्लबका कार्यकारी प्रमुख कानले भने यो खबरलाई सत्य नभएको बताएका छन् ।

‘हामीले लेवान्डोवस्कीको एजेन्टसामू बलियो सम्झौता पेश गरेका छौं । एउटा विकाशतर्फमात्र अघि बढ्ने क्लबले खेलाडीलाई क्लब छोड्न निकै दबाब दिने गर्दछ,’ कानले भने, ‘तर, बायर्न त्यस्तो क्लब होइन् । हामी आफ्नो उत्कृष्ट खेलाडीलाई सम्भव भएसम्म क्लबमै राख्न चाहन्छौं ।’