च्याम्पियन्स लिग

सिटीसँग रियालको हार

लन्डन । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान इत्तिहाद रंगशालामा केभिन डि ब्रुयना र ग्याब्रियल जिजसको समान एक गोलमा पेप ग्वार्डिओलाको टोलीले सुरुआती ११ मिनेट भित्रै २-० का अग्रता लिएको थियो । 

स्पेनिस ला लिगको उपाधिको संघारमा रहेको रियालले करिम बेन्जेमा र भिनिसियोस जुनियरको गोलमा खेलमा फर्कने संकेत गरेको थियो ।  फिल फोडिनले सिटीका लागि तेस्रो गोल गरे । बर्नाडो सिल्भाको गोलमा सिटीले अफ्नो अग्रता ४-२ मा   पुर्याएका थिए ।

खेलको अन्तिम मिनेटमा करिम बेन्जमाको पेनाल्टी गोलमा रियालले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।

यी दुई टोलीबीचको दोस्रो लेग आगामी साता रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

दोस्रो मिनेटमै डि ब्रुयनाले  महारेजको क्रसमा जाली चुमाउँदा सिटीले अग्रता लियो । त्यसको नौ मिनेटपछि डि ब्रुयनाको क्रसमा जिजसले सिटीको अग्रता दोब्बर पारेका थिए ।]

३३औं मिनेटमा बेन्जेमाको गोलमा रियालले खेलमा फर्कने संकेत गरेको थियो ।

५३औं मिनेटमा फोडिनले सिटीको अग्रता ३-१ मा पुर्याए । त्यसको दुई मिनेट पछि नै जुनियरले रियाललाई ३-२ को स्थितीमा ल्याएका थिए । 

७४औं मिनेटमा सिल्भाले सिटीका लागि चौथो गोल गरे । ८२औं मिनेटमा बेन्जेमाको पेनाल्टी गोलमा रियालले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।