फुटबल खेलाडी संघ

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

काठमाडौं । फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा चुनिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आज (आइतबार) भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।

आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चुनिएका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नव निर्वाचित खेलाडी संघको कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै ऐक्यवद्धता पत्रसमेत प्रदान गरे ।