वेस्ट ह्याम

राइसले वेस्ट ह्यामसँग नयाँ सम्झौता नगर्ने

लन्डन । वेस्ट ह्याम युनाइटेडका इङ्लिस मिडफिल्डर डेक्लान राइसले नयाँ सम्झौता नगर्ने भएका छन् । आफूलाई युरोपेली फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एकमा स्थापित गरिसकेका राइसको मुल्य वेस्टह्यामले १५ करोड पाउन्ड तोकिसकेको छ ।

राइसले अप्रिलमै आफूले च्याम्पियन्स लिग खेल्न चाहेको बताउँदै वेस्ट ह्याम छाड्ने संकेत गरिसकेका थिए । गत वर्षको ट्रान्सफर विन्डोमा राइस चेल्सी जाने चर्चा खुबै चलेको थियो ।

यद्यपि, चेल्सीका तत्कालीन प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त भएसँगै त्यो चर्चा टुङ्गििएको थियो । २३ वर्षीय राइका लागि पहिलो रोजाईमा च्याम्पियन्स लिगमा छनोट हुने क्लब हुने निश्चित छ ।