म्यानचेस्टर युनाइटेड

युनाइटेडमा 'मुटुको शल्यक्रिया' आवश्यक छ: रागनिक

लन्डन । म्यानचेस्टर युनाइटेडका आगामी मुख्य प्रशिक्षक एरिक टेन ह्यागले क्लबको बाहिरी आवरणका कुराभन्दा ‘मुटु’ को शल्यक्रिया जस्तो गर्नुपर्ने अन्तरिम प्रशिक्षक राल्फ रागनिकले बताएका छन् ।

टेन ह्यागले यो सिजनको अन्त्यपछि युनाइटेडको प्रशिक्षणको जिम्मेवारी पाउने छन् । र, उनीमाथि उत्कृष्ट प्रदर्शन तथा नतिजाको दबाब रहने छ ।

‘युनाइटेडले आफ्नो व्यवहार र ऊर्जा परिवर्तन गर्नका लागि उत्कृष्ट खेलाडीलाई अनुबन्ध गर्नु महत्वपूर्ण छ,’ रागनिकले भने, ‘युनाइटेडमा नयाँ टिम, प्रशिक्षक र सकारात्मक ऊर्जाको आवश्यकता छ ।’

‘युनाइटेडमा यस्ता धेरै कुराहरु छन्, जसलाई परिवर्तन गर्न जरुरी छ । यदि टेन ह्यागले यसमा ध्यान नदिएमा आयाक्समा जस्तो सफलता हात पार्न सक्दैनन्,’ रागनिकले भने, ‘यो राम्रो प्रशिक्षकको क्षमता हैन । यसले सबै कुरालाई परिवर्तन गर्दैछ । जसले गर्दा क्लब अहिलेको स्थितिमा आएको छ ।’