डि योङ

डी योङको युनाइटेड जाने चर्चा

लन्डन । म्याचेस्टर युनाइटेडले एरिक टेन ह्यागलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै फ्रान्कि डी योङ युनाइटेड आउने चर्चा सुरु भएको छ ।

सन् २०१६–२०१९ सम्म टेन ह्यागको नेतृत्वमा बार्सिलोनाका मिडफिल्डर डी योङले आयाक्सबाट खेलेका थिए ।

टेन ह्यागले यो सिजनको अन्त्यसँगै युनाइटेडको जिम्मेवारी बहन गर्नेछन् । डी योङ टेन ह्यागको प्राथमिकतामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

तर, स्पेनिस क्लब बार्सिलोना नेदरल्यान्डका खेलाडी डी योङलाई बेच्न चाहँदैन । डी योङ जाभी हर्नान्डेजको क्लबका मुख्य खेलाडी हुन् ।

स्पेनिस क्लब डी योङलाई छोड्न चाहँदैन तर, टेड ह्याग र युनाइटेडको आर्थिक शक्तिले यो कुरालाई परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ ।

सन् २०१९ मा आयाक्सबाट बार्सिलोनामा अनुबन्ध भएका डी योङले स्पेनिस क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए ।


सन् २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा टोटनहम हट्सपुर स्टेडियममा भएको खेलमा डी योङ सर्वाधिक (८७) बल छुने खेलाडी बने । उनले ८६.२ प्रतिशत पास मिलाएका थिए । सन् १९९७ पछि आयाक्सले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको पहिलो पटक थियो ।

आयाक्सको उत्कृष्ट खेलाडीमा उदाएमा डी योङलाई सन् २०१९ जनवरी २३ मा बार्सिलोनाले ७५ मिलियनमा अनुबन्ध गरेका थियो । बार्सिलोनाले सन् २०२१ को कोपा डेल रेको फाइनलमा एथलेटिक बिलबाओलाई ४–० ले हराउँदा उनले ६३औं मिनेटमा गोल र दुई गोलको असिस्ट गरेका थिए ।