सहारा क्लब

सहारा एकेडेमीलाई एनआरएनएको एक लाख बराबरको सहयोग

काठमाडौं । गैरनेपाली संस्था अस्ट्रेलिया (एनआरएनए)ले सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

सहारा क्लब पोखराद्वारा पोखरा १७, दोबिल्लामा सञ्चालित एकेडेमीलाई एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी एक लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको हो ।

सहारा क्लब हङकङका पूर्व सल्लाहकार गुरुङले यसअघि पनि क्लबमा निरन्तर सहयोग गदैै आएका छन् । सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुनिल रानामगरले गरेका थिए ।

फुटबलमार्फत सामाजिक सेवामा अग्रसर मोफसलको प्रतिष्ठित क्लब सहारामा हाल कठिन परिस्थिति एवम् विपन्न वर्गका बालक गरी २६ जना आश्रित छन् ।