च्याम्पियन्स लिग

टोलीको प्रदर्शनप्रति कुनै गुनासो छैनः टचेल

लन्डन । रियाल मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम आठबाटै बाहिरिए पनि साविक विजेता चेल्सीका मुख्य प्रशिक्षक थोमस टचेलले टोलीको प्रदर्शनप्रति कुनै गुनासो नरहेको बताएका छन् ।

चेल्सी मंगलबार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम आठको दोस्रो लेगमा घरेलु टोली रियाल मड्रिडविरुद्ध २–३ को नाटकीय हारपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

चेल्सीले ३–० को अग्रता जोगाउन नसक्दा रियाललाई नतिजा सुम्पिनु परेको थियो । करिम बेन्जेमाले अतिरिक्त समयमा हेडर गोल गरेपछि रियालले ३–२ ले पराजित भए पनि समग्रमा ५–४ ले विजयी बन्दै प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको हो ।

यसअघि पहिलो लेगमा रियालले चेल्सी स्टाम्फोर्ड ब्रिजमा ३–१ ले पराजित गरेको थियो ।

‘हामीलाई भाग्यले साथ दिएन । यसैकारण म निराश छु । हामीले खेलमा दुई गल्ती गर्यौं । आजको खेलबाट हामी अगाडी बढ्न योग्य थियौं,’ टचेलले भने, ‘तर, आजको खेलमा कुनै गुनासो छैन । एक स्पोर्ट्सम्यानले यस प्रकारको हारलाई उच्च गर्वसाथ स्विकार गर्नुपर्छ ।’