इङ्लिस प्रिमियर लिग

एभर्टनले प्रिमियर लिग हैसियत कायम राख्ने लाम्पार्डको विश्वास

लन्डन । एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्डले आफ्नो टोलीले इङ्लिस प्रिमियर लिगको हैसियत जोगाउने विश्वास व्यक्त गरेका छन् ।

बुधबार एभर्टन रेलिगेशनको दबाबमा रहेको अर्को टोली बनर्लीसँग २-१ को अग्रता जोगाउन नसक्दा ३-२ ले निराश भएको थियो ।

यस पटक पनि एभर्टनको कमजोर रक्षापक्ति कारक बन्यो ।

एभर्टन २९ खेलमा २५ अंकसहित १७औं स्थानमा छ । जुन रेलिगेशन क्षेत्रमा रहेको १८औं स्थानको बनर्ली भन्दा एक, १९औं स्थानको वाट्फोर्ड भन्दा तीन र २०औं स्थानको नर्विच सिटी भन्दा सात अंक बढी हो ।

एभर्टनले आज म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । एभर्टनले प्रिमियर लिगको पछिल्लो १३ खेलमा एक खेल मात्र जितेको छ । यस क्रममा लाम्पार्डको टोलीले ६ खेलको नतिजा सुम्पिएको छ भने ६ खेलमा अंक बाँडेको छ । 

एभर्टन अहिले सम्म प्रिमियर लिगको रेलिगेशनमा परेको छैन र लाम्पार्ड टोलीले लिगमा बाँकी नौ खेलमा सुखद नतिजा ल्याउँदै रेलिगशेन संकट टार्नेमा विश्वस्त छन् ।

‘हामीले मनोबल उच्च पार्नुपर्छ । हाम्रा लागि अबका सबै खेल फाइनल सरह छन्,उनले भने’, ‘बनर्लीसँगको हारले पनि हामीलाई संकटमा पारेको हो । हामीमाथि दबाब छ तर हामी त्यो दबाब चिर्न समक्ष छौ ।’