युरोपा लिग

बार्सिलोना बराबारीमा रोकियो, ब्रागाको जित

मड्रिड । फेरान टोरेसको गोलमा बार्सिलोनाले बिहीबार युरोपा लिगको क्वर्टरफाइनल पहिलो लेगमा इन्ट्राक्ट फ्रयांक्फर्टसँग हारको संकट टारेको छ ।

४८औं मिनेटमा अन्स्गर कानुफको गोलमा फ्रयांक्फर्टले अग्रता लिएको थियो । ६६औं मिनेटमा टोरेसले गोल गर्दैै बार्सिलोनाले खेलमा फर्काएका थिए । 

प्रशिक्षक जाभीले फ्रयांकी डी जोङ र ओसामने डेम्बेलेलाई मैदान प्रवेश गराएपछि मात्र बार्सिलोनाले खेलमा पकड बनाएको थियो ।

बार्सिलोनले सबै खाले प्रतियोगिता गरि लगातार १४ खेलमा अपराजित यात्रा कायम राखेको छ । यस क्रममा बार्सिलोनाले १० खेल जितेको छ भने चार खेल बराबरी खेलेको छ । 

बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार लेभान्टेको भ्रमण गर्नेछ । जाभीको टोलीले आगामी साता घरेलु मैदान क्याम्प नोउमा दोस्रो लेगका लागि फ्रयांक्फर्टलाई आतिथ्य गर्नेछ । 

त्यस्तै ब्रागाले रेन्जर्सलाई १-० हराउँदै सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ । 

४०औं मिनेटमा रुइजले गरेको गोल ब्रागाले अग्रता लिएको थियो ।

वेस्ट हम  भने लियोनसँग १-१ को बराबरीमा रोकिएको छ । 

५२औं मिनेटमा जारोड बावेनले गरेको गोलमा वेस्ट हमले अग्रता लिएको थियो ।  ६६औं मिनेटमा तन्गाई एनडोम्बेलेले गरेको गोलमा लियोन खेलमा फर्किएको थियो । 

जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिक र एट्लान्टाले पनि क्वार्टरफाइनल पहिलो लेगमा १-१ को बराबरी खेलेका छन् ।