राष्ट्रिय महिला लिग

सपनाको ह्याट्रिकप्रेरित आर्मीको जित

काठमाडौं । सपना लामाको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौ चरणको पहिलो खेलमा जित निकालेको छ ।

चितवनको भरतपुरमा मंगलबार सप्पन्न खेलमा आर्मीले वालिङ नगरपालिका १०-० को फराकिलो अन्तरमा पराजित गरेको छ ।

आर्मीको जितमा सपनाले तीन गोल, सर्मिला थापा मगरले दुई गाेल गर्दा दिपा शाही, रश्मि घिसिङ, अमिशा कार्की, हेमा चौधरी र कुशुम खतिवडाले समान एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा सर्मिलाको गोलबाट वालिङमाथि अग्रता बनाएको आर्मीको लागि दिपाले १४औं मिनेटमा अग्रता दोब्बर बनाइन् ।

त्यसको दुई मिनेटपछि सर्मिलाले व्यत्तिगत दोस्रो गोल गर्दै खेल ३-० मा पुर्याइन् । आर्मीका लागि अमिशाले २३औं मिनेटमा, रश्मिले ५३औं मिनेटमा गोल गरिन् ।

यस्तै, सपनाले ६३औं र त्यसको दुई मिनेटपछि व्यत्तिगत दोस्रो गोल गर्दै ७-० मा पुर्याइन् । यसैगरी ७५औं मिनेटमा कुशुमले र ८२औं मिनेटमा सपनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।  वालिङमाथि दबदबा बनाइरहेको आर्मीको लागि ८७औं मिनेटमा हेमाको १०औं गाेल गरिन् 

यो जितसँगै पाँच खेलबाट ९ अंकसहित आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएकाे छ । यस्तै, वालिङ अंकविहिन हुँदै तालिकाको पुछारमा छ ।