राखेप

सिलवालको रिट खारेज, सदस्यसचिवमा घिसिङलाई निरन्तरता

काठमाडौं । सर्वोच्च अदालतले रमेशकुमार सिलवालको रिट खारेज गरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव विवादमा पूर्णविराम लागेको छ ।

मंगलबार न्यायधिस अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालको रिट खारेज गरेको हो ।

यसअघि वर्तमान (शेरबहादुर नेतृत्वको) सरकारद्वारा बर्खास्तगीमा परेपछि सिलवालले सो पदका लागि घिसिङको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीका लागि सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सर्वोच्चका न्यायधिसद्वय हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलासले पछिल्लो पटक चैत १५ गते मन्त्रालयबाट सिलवालको बर्खास्तगी र घिसिङको नियुक्तिको कार्यसम्पादन मगाएको थियो । त्यसअघि १४ पटक पेशी सरे पनि फैशाल हुन सकेको थिएन ।