एलिसिया डी डिबाला

पाउलो डिबालाकी आमा नेपालमा

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाकी आमा एलिसिया डी डिबाला नेपाल आएकी छिन् ।

एलिसिया सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड  स्कुलको कार्यक्रममा लागि आएकी हुन् । उनलाई स्कुलले बुधबार एक कार्यक्रमका बीच नेपाली सांस्कृतिक लाखे नाचसहित स्वागत गरेको छ । स्वागत कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीका साथै स्कुलको फुटबल एम्बेस्डर अनिल गुरुङ, खेलकुद संयोजक राकेशकुमार राईसँगै प्रशिक्षक सनोज श्रेष्ठ र पुष्प विष्ट लगायतको उपस्थिती थियो ।

हाल इटालियन क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका डिबाला कुनै दिन नेपाल आउने आमा एलिसियाले बताइन् । एलिसियालाई विद्यालयका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकारले खादा र मायाको चिनो प्रदान गरिन् ।