नेपाली राष्ट्रिय फुटबल टोली

थाइल्यान्ड जाने नेपाली टिमलाई एन्फाको विदाई

काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बिदाई गरेको छ । नेपाली टिम थाइल्यान्डको राष्ट्रिय टोली र चोनबुरी एफसीसँग मैत्रीपूर्ण खेलका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

एन्फा मुख्यालय सातदोबाटोमा एक कार्यक्रमको आयोजना गर्दै एन्फाले आइतबार बिदा गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुल बहादुर थापा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कार्यक्रममा उपस्थित भएर बधाई दिए ।

नेपालले मार्च २४ मा थाइल्यान्डको राष्ट्रिय टोल्ी र २७ मा चोनबुरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपाली टोलीः किरण चेमजोङ (कप्तान), टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अञ्जन विष्ट, एरिक विष्ट, नवीन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्यायल, समुन लामा, सुदीप गुरुङ, सुरुज जेउ ठकुरी, तेज तामाङ, सुभाष गुरुङ, रोहित चन्द ।