यु १८महिला साफ च्याम्पियनसिप

साफ यु १८ खेल्न नेपाली टोली भारत प्रस्थान

काठमाडौं । भारतमा हुने साफ यु १८ महिला च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जम्सेदपुरमा चैत एक गतेदेखि ११ गतेसम्म आयोजना हुने प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २६ गते २३ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतको नेतृत्वमा प्रिती राईलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेशको सहभागिता छ ।

नेपालले उद्घाटन खेलमा आयोजक टोलीको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ सात बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा चैत तीन गते बंगलादेशसँग, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यु १८ महिला च्याम्पियनसिपको पहिलो चरणमा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।