थ्री स्टारलाई भवन बनाउन वडाको सहयोग 

काठमाडौं, (खेलाडी)-  ललितपुर महानगरपालिका- १६ ले  सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारको भवन निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

वडाअध्यक्ष निर्मलरत्‍न शाक्यले मंगलबार एक कार्यक्रमबीच क्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्तास्वरूप ९ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो । सो अवसरमा वडाअध्यक्ष शाक्यले गत आर्थिक वर्षको बजेटबाट सो रकम प्रदान गरिएको जानकारी दिँदै निर्माण कार्य सुरु गरेपछि बाँकी ४० प्रतिशत रकम प्रदान गर्ने बताए । वडाअध्यक्ष शाक्यका अनसार भवनको लागि चालू आर्थिक वर्षमा थप १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

थ्री स्टारका अध्यक्ष जोशीले क्लबको दुःख बुझेको भन्दै वडाअध्यक्ष शाक्यको अग्रसरताको प्रशंसा गरे ।