मछिन्द्र फुटबल क्लब

मछिन्द्रका खेलाडीलाई बिएलएस तालिम

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका खेलाडीले शनिबार बेसिक लाइफ सपोर्ट (बिएलएस) तालिम लिएका छन् । वरिष्ठ चिकित्सक सञ्जयकुमार श्रेष्ठले खेलाडीहरूलाई मैदानमा हुन सक्ने आकस्मिक जोखिमको प्राथमिक उपचार र सिपिआर लगायत विषयमा खेलाडीलाई तालिम दिएका थिए ।

आकस्मिक अवस्थामा मैदानमा तुरुन्तै दिइने प्राथमिक उपचारबाट खेलाडीको जीवन बचाउन सकिने भएकाले खेलाडीहरूलाई यसबारे प्रशिक्षण दिइएको क्लबले बताएको छ । ए डिभिजन लिगका दौरान मछिन्द्रका मिडफिल्डर मनीष डाँगी च्यासल युथ क्लबका खेलाडीसँग ठोकिएर मैदानमा मुर्छित् भएर ढलेका थिए । त्यसबेला मनीषलाई सिपिआर दिएर जोखिमबाट बचाइएको थियो ।

मछिन्द्रले तािलका लागि फिजियोथेरापिस्ट डाक्टर सुरज भुसाल र श्रेष्ठलाई पनि धन्यवाद दिएको छ । आजको तालिममा रन्जित धिमाल, विशाल श्रेष्ठ, विशाल राईलगायत मनीष स्वयम पनि उपस्थित थिए ।