चर्च ब्वाइज क्लब

अर्थोप्लाष्ट रिह्याब सेन्टर चर्च ब्वाइज युनाइटेडको मेडिकल पार्टनर

बी डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मेडिकल पार्टनरको रुपमा अर्थोप्लाष्ट रिह्याब सेन्टर संग सम्झौता गरेको छ । 

ग्वार्कोस्थित अर्थोप्लाष्ट रिह्याब सेन्टरमा आयोजित एक कार्यक्रममा अर्थोप्लाष्टका निर्देशक सुरज भुसाल र चर्च ब्वाइज युनाइटेड अध्यक्ष रुबेन राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

शीर्ष डिभिजन लिज विजेता मछिन्द्र फुटबल क्लब र तेस्रो स्थान हासिल गर्न सफल न्यु रोड टिम (एनआरटी) सँग अर्थोप्लाष्टको संलग्नता रहेको र फुटबल मात्र नभई अन्य विभिन्न खेलकुदमा पनि संलग्न रहेको ।

खेलकुदमा ठुलो चोट लाग्न बाट बचाउन र चोट लागिहाले छिटो भन्दा छिटो खेलाडीलाई खेलमा फर्काउने अर्थोप्लाष्टको मुख्य योजना रहेको निर्देशक भुसालको भनाइ थियाे । शीर्ष डिभिजन मात्र नभई खेलकुदको जुनसुकै डिभिजन या प्रतियोगिताहरुमा आफुहरु साथ दिन तयार रहेको कुरा जनाए ।

'खेलकुद विकासका लागि मुख्य कुरामध्ये एक खेलाडीमा लाग्ने चोट कम गर्नु हो र सो कार्यको लागि हामी हरपल तयार रहेका छाैं,' उनले भने ।