एनएसएल

विशाल धनगढीको मार्की खेलाडी

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी फुटबल क्लबले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छ ।

धनगढीले बुधबार सामाजिक सञ्जालमार्फत विशाललाई मार्की खेलाडी बनाएको सार्वजनिक गरेको हो ।

यसअघि एनएसएलका लागि झापा एफसीले राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट र ललितपुर सिटी एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले यस सिजन तीन क्लब थपेको छ । यसअघि पहिलो सिजन सात टोली थिए भने यस सिजन १० क्लबको सहभागिता रहनेछ ।

आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ । गत बैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।