एसी मिलान

मिलानबाट उपाधि नजितेसम्म फुटबल छोड्दिन: इब्राहिमाेभिच

मिलान । ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलानबाट उपाधि नजितेसम्म फुटबल नछोड्ने बताएका छन् ।

स्विेनडका स्ट्राइकर इब्राहिमोभिचले पछिल्लो पटक सन् २०११ मा मिलानबाट सुपरकोपा इटालियनाको उपाधि जितेका थिए । तर, सन् २०१९ मा पुन मिलान फर्किएयता इब्राहिमोभिचले हालसम्म कुनै पनि उपाधि जित्न सकेका छैनन् ।

स्टेफानो पिएलोको प्रशिक्षणमा रहेको मिलानले अहिले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा छ ।

‘मेरो भविष्य र संसार नै फुटबल हो ।  म अहिले क्लबबाट खेल्न सक्दिन । विशेषगरि टोलीले राम्रो प्रदर्शन गर्दा म टोलीमा छैन भन्ने कुराले मलाई निकै दुखी बनाउछ,’ उनले भने, ‘म त्यहाँ सँगै हुन र टोलीलाई सहयोग गर्न चाहन्छु । म क्लबसँग जोडिएदेखि हामीले धेरै राम्रा कुराहरु गरेका छौं । र, अहिले हामीसँग एउटा कुरा छैन भने त्यो उपाधि हो ।’

पछिल्लो एक महिनादेखि मैदानबाट बाहिर रहेका ४० वर्षीय इब्राहिमोभिचले यस सिजन सबैखाले प्रतियोगितामा आठ गोल गरेका छन् ।