माघ ९, २०८२ शुक्रबार | १०:२०:२२
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

‘वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’ शनिबारदेखि

काठमाडौं । ‘वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’ शनिबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक मापदण्डअनुसार तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्धारा आयोजना हुन लागेको फेन्सिङसहित तीन प्रतियोगिता हुने भएको छ । जसमा वैशाख ६ गतेदेखि ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’ र वैशाख १६ गते ‘तेस्रो वीर गणेशमान सिंह १० हजार मिटर रोड रेस’ आयोजना हुने वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

यस्तै, वैशाखमा हुने १० हजार मिटर रोड रेसमा यस वर्षबाट पाँच किलो मिटर दौडलाई पनि समावेश गरिएको तुलाधरले बताए ।

तीन प्रतियोगिता आयोजना गर्न लागेको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले फेन्सिङ आयोजना गर्न २५ लाख रुपैंया, बक्सिङमा ५० लाख रुपैंया र दौडमा १५ लाखसहित कुल ९० लाख रुपैंया खर्च हुने अनुमान गरेको छ ।

राजधानीमा भएको पत्रकार सम्मेलनमा एनओसीका उपाध्यक्ष तथा फेन्सीङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएजेएफ)का अध्यक्ष दुर्गानाथ सुबेदी, वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जिव तुलाधर, र्याफ्टिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate