चैत्र ६, २०८२ शुक्रबार | ०६:०२:००
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

‘वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’ शनिबारदेखि

काठमाडौं । ‘वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’ शनिबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक मापदण्डअनुसार तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्धारा आयोजना हुन लागेको फेन्सिङसहित तीन प्रतियोगिता हुने भएको छ । जसमा वैशाख ६ गतेदेखि ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’ र वैशाख १६ गते ‘तेस्रो वीर गणेशमान सिंह १० हजार मिटर रोड रेस’ आयोजना हुने वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

यस्तै, वैशाखमा हुने १० हजार मिटर रोड रेसमा यस वर्षबाट पाँच किलो मिटर दौडलाई पनि समावेश गरिएको तुलाधरले बताए ।

तीन प्रतियोगिता आयोजना गर्न लागेको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले फेन्सिङ आयोजना गर्न २५ लाख रुपैंया, बक्सिङमा ५० लाख रुपैंया र दौडमा १५ लाखसहित कुल ९० लाख रुपैंया खर्च हुने अनुमान गरेको छ ।

राजधानीमा भएको पत्रकार सम्मेलनमा एनओसीका उपाध्यक्ष तथा फेन्सीङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएजेएफ)का अध्यक्ष दुर्गानाथ सुबेदी, वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जिव तुलाधर, र्याफ्टिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो