सहिद स्मारक ‘ए’ डिभिजन लिग

च्यासलमाथि फ्रेन्डसलाई २-० को अग्रता

काठमाडौं । स्ट्राइकर जामौल एन्थोनीको दुई गोलप्रेरित फ्रेन्डस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको जारी खेलमा च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोली तीन अंक जोड्दै रेलिगशेन संकट टार्न चाहन्छन् ।

२३औं मिनेटमा राजिव लोप्चनको प्रहार क्रसबारमा लागेर फर्कदा च्यासलले अग्रता लिने अवसर गुमाएको थियो । 

३८औं मिनेटमा जामौलले गरेको गोलमा फ्रेन्डसले अग्रता लिएको थियो । कप्तान गार्सियाको पासलाई जामौलले जाली चुमाएका थिए । 

४२औं मिनेटमा जामौलले पेनाल्टीको सदुपयोग गर्दै फ्रेन्डसको अग्रता दोब्बर पारेका थिए  । च्यासलका अभिषेक लिम्बुले जामौललाई लडाएपछि फ्रेन्डसले पेनाल्टीको अवसर पाएको थियो ।

पछिल्लो दुई खेलमा अपराजित रहँदै आएको फ्रेन्डस ११ खेलमा सात अंकसहित १२औं स्थानमा छ भने समान खेलमा च्यासल ६ अंकका साथ १४औं स्थानमा छ ।