सहिद स्मारक ‘ए’ डिभिजन लिग

फेरी सर्याे च्यासल र पुलिसबीचकाे खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नरहने भएपछि खेल समय दोस्रो पटक तालिका परिवर्तन गरेको हो ।

खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड १९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन सकेकाे थिएन ।

यस्तै एन्फाले लिगको १०औं चरणको खेल माघ २८ गतेबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक भएको छैन ।