सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा जावलाखेल र एनआरटी गोलरहित बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नवौ चरणको अन्तिम खेलमा जित हात पार्दै दुवै टोली तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छन् । 

१३औं मिनेटमा स्टेफिन बिनोङले जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापा बिट भैसकेको अवस्थमा बक्सबाट गरेको प्रहार फ्रेममा पर्न सकेन ।

एनआटरीले आठौ चरणमा आर्मीलाई २-० को नतिजा सुम्पिएको थियो । जावलाखेल भने एपिएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एनआरटी आठ खेलमा १० अंकसहित आठौं स्थानमा छ भने समान खेलमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा छ ।