एस्टन भिल्ला

डिन्ये भिल्ला जोन निश्चित

लन्डन । लुकास डिन्येका लागि एभर्टनले मागेको ३५ मिलियन पाउन्डको प्रस्ताव एस्टन भिल्लाले स्वीकारेको छ । भिल्ला एभर्टनले मागेजति पैसा खर्च गर्ने भएसँगै स्पेनिस फुल ब्याक डिन्येको मर्सेसाइडबाट लन्डन सरुवा करिब निश्चित भएको छ ।

पछिल्लो समय एभर्टनका मुख्य प्रशिक्षक राफा बेनिटेजसँग सम्बन्ध चिसिएका कारण मर्सेसाइड छोड्न चाहेका डिन्ये भिल्ला सरुवाका लागि मेडिकल गर्ने तयारीमा छन् । डिन्येसँगको सम्झौता भिल्लाले जनवरी ट्रान्सफर विन्डोमा गरेका दोस्रो ठूलो सम्झौता हो ।

भिल्लाले यसअघि बार्सिलोनाका ब्राजिलियन फरवार्ड फिलिप कौटिन्होलाई लोनमा अनुबन्ध गरिसकेको छ । लिभरपुलका पूर्व खलाडीसमेत रहेका २९ वर्षीय कौटिन्हो सोमबार भिल्लाको खेलाडीको रूपमा सार्वजनिक भएका थिए ।

कौटिन्हो र डिएनलाई भिल्लामा आवद्ध गरेसँगै नवनियुक्त प्रशिक्षक स्टेभन जेरार्डको ‘पुलिङ पावर’ प्रभावकारी साबित हुनेछ ।