चैत्र ८, २०८२ आइतबार | ०२:२२:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आइसिसी टेस्ट वरियताः बलिङमा जेमिसनको छलाङ

दुबई । आइसिसी टेस्ट बलिङ वरियतातर्फ न्युजिल्यान्डका काइल जेमिसन आठ स्थान माथि उक्लिएका छन् । यसअघि वरियताको ११औं स्थानमा रहेका जेमिसन आइसिसीले बुघबार सार्वजनिक गरेको नयाँ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् ।

वरियताको शीर्ष स्थानमा अस्ट्रेलियाका प्याट कमिन्स र दोस्रो स्थानमा भारतीय बलर रविचन्द्रन आश्विन यथावत छन् । चौथो स्थानमा पाकिस्तानका साहिन शाह अफ्रिदी, पाँचौ स्थानमा दक्षिण अफ्रिकाका कगिसो रबाडा छन् ।

यसैगरी वरियताको छैटौं स्थानमा इङलिस बलर जेम्स एन्डरसन, सातौं, आठौं र नवौं स्थानमा न्युजिल्यान्डका क्रमशः टिम साउदी, जोस हेजलवुड र निल वाग्नर तथा १०औं स्थानमा पाकिस्तानका हसन अली छन् ।

टेस्टको ब्याटिङ वरियतामा न्युजिल्यान्डका कप्तान केन विलियम्सन एक स्थान खस्किएका छन् । यसअघि वरियताको तेस्रो स्थानमा रहेका विलियम्सन बुधबार सार्वजनिक नयाँ वरियताको चौथो स्थानमा झरेका हुन् ।

आइसिसी टेस्टको ब्याटिङतर्फ वरियताको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्नुस लाबुसेन र दोस्रो स्थानमा इङलिस टोलीका कप्तान जो रुट यथास्थानमा छन् । त्यस्तै तेस्रो स्थानमा भने अस्ट्रेलियन ब्याटर स्टिभ स्मिथ उक्लिएका छन् ।

वरियताको पाँचौ स्थानमा भारतीय ब्याटर रोहित शर्मा, छैटौं स्थानमा श्रीलंकाका दिमुथ करुणारत्ने, सातौं स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर, आठौं स्थानमा पाकिस्तानी कप्तान बाबर आजम, नवौं स्थानमा भारतीय कप्तान विराट कोहली र १०औं स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेन इल्गर छन् । इल्गर यसअघि वरियताको १४औं स्थानमा थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो