एसी मिलान

मिलानको जितमा हर्नान्डेजको दुई गोल

रोम । थियो हर्नान्डेजको दुई गोलप्रेरित एसी मिलानले इटालियन सिरी एअन्तर्गत आइतबार बेलुकी भएको खेलमा भेनेजियामाथि ३–० गोलको नतिजामा जित हासिल गरेको छ ।

 भेनेजियाको घरेलु मैदानमा भएको खेलमा मिलानलाई सहज जित दिलाउन हर्नान्डेजसँगै ज्लाटान इब्राहिमोभिचले एक गोल गरे ।

खेलको सुरुआतदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको मिलानका लागि ज्लाटानले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा मिलानलाई १–० मा रोक्न सफल भेनेजियाले दोस्रो हाफमा भने थप दुई गोल खाँदा सिजनको ११औं पराजय बेहार्नु पर्यो ।

 घरेलु मैदानमा ३–० को फराकिलो हार बेहोरेको भेनेजिया २० खेलबाट १७ अंक जोडेर १६औं स्थानमा छ ।

जितसँगै २१ खेलबाट ४८ अंक जोडेको मिलान लिग तालिकाको शीर्ष स्थानमा छ । दुई खेल कम खेलेको इन्टर ४६ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको नेपोलीको २० खेलबाट ४० अंक छ ।