रोमा

रोमाका थप एक खेलाडीमा कोभिड संक्रमण

रोम । युभेन्टसविरुद्धको खेल सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा रोमाले आफ्ना थप एक खेलाडीमा कोभिड संक्रमण पुष्टि भएको बताएको छ । इटालियन सिरी एअन्तर्गत आइतबार नेपाली समयअनुसार ११ः ३० बजे रोमा र युभेन्टस भिड्दैछन् ।

जोसे माउरिन्होको टोलीबाट यसअघि नै ड्यानियल फुजाटो र बोर्जा मायोरल कोभिड १९ संक्रमणका कारण आजको खेलमा उपलब्ध हुने छैनन् ।

‘पछिल्लो चरणको परीक्षणबाट पहिलो रोजाईको टोलीका एक खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ,’ क्लबद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सम्बन्धित स्वास्थ्यकर्मीलाई खबर गरेर खेलाडीलाई आइसोलेसनमा राखिसकिएको छ ।’

संक्रमित हुने खेलाडीको नाम नखुलाइए पनि उनले कोभिड १९ विरुद्धको खोपको पूर्ण डोज लगाइसकेको रोमाले बताएको छ ।