अफ्रिका कप अफ नेसन्स

अफ्रिका कप अफ नेसन्सको पहिलो खेलमा क्यामरुन र बुर्किना फासो भिड्दै

याउन्डे । आइतबारदेखि सुरु हुने अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आयोजक क्यामरुनले बुर्किना फासोको सामना गर्दैछ । याउन्डेस्थित ओलेम्बे रंगशालामा हुने खेल नेपाली समयअनुसार ९ः ४५ बजे सुरु हुनेछ ।

समूह ए अन्तर्गन हुन लागेको यो खेलमा घरेलु टोली क्यामरुन जितसहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यस्तै, सन्तुलित विगतलाई आफूतर्फ ढाल्ने लक्ष्यसहित फासोको टोली मैदानमा उत्रिने निश्चित छ ।

सन् २०१७ यता भएका यी दुई देशबीच भएका पाँच खेलमध्ये तीन बराबरी र बाँकी दुई खेलमा दुवै टोलीले एक एक जित निकालेका छन् । पछिल्लो पटक २०१८ मा भएको खेलमा भने फासोले १–० को जित निकालेको थियो ।