एएफसी फुटसल एसिया कप छनोट

एएफसी फुटसलः नेपाल तुलनात्मक रुपमा बलियो समूहमा

काठमाडौं । एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै समूह ‘बी’ मा परेका छ ।

बिहीबार भएको छनोटको ‘ड्र’ मा नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेका हो ।

र्किगिस्तानमा हुने छनोटमा नेपालले अप्रिल १० देखि १२ गतेसम्म आफ्नो खेल खेल्नेछ ।

छनाेटकाे तयारीका लागि राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका थिए ।

प्रशिक्षक बस्नेतले असोज दुई गतेदेखि २२ गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् ।

टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि काठमाडौंमा सुरु हुनेछ । टोलीले प्रारम्भिक छनोट पूरा भएपछि पोखरामा प्रशिक्षण गर्नेछ ।