नेपाली फुटबल

फ्लडलाईटको लक्स कम हुँदा संकटा र च्यासलको खेल केहि समय प्रभावित

काठमाडौं ।  दशरथ रंगशालामा जारी संकटा क्लब र च्यासल युथबीचको खेलमा फ्लड लाइटको ‘लक्स’ कम भएपछि दोस्रो हाफ सुरु हुनु अघि केही समय प्रभावित बनेको छ  ।

पहिलो हाफको इन्जुरी समयमा समेत लाईटको लक्स कम भएपछि खेल करिब १ मिनेट रोकिएको थियो ।

लाइटको लक्स नबढेपछि दोस्रो हाफ समेत निर्धारित समयमा सुरु हुन सकेन । खेल करिब १० मिनेट प्रभावित बनेको हो ।

खेल अघि दुवै टोलीका पदाधिकारीले खेल सुरु नगर्न आग्रह गरेका थिए ।