राष्ट्रिय महिला लिग

राष्ट्रिय महिला लिग माघ दोस्रो साता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  माघ दोस्रो साताबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ ।

एन्फा स्रोतले माघ १५ बाट लिगका पहिलो चरणका खेलहरु हुने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी दियो ।

गत वर्ष लिगमा सहभागी जनाएका साविक विजेता एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाका साथै उपमेयर कप महिला लिगका विजेता धनगढी उपमहामनगरपालिका र उवविजेता ललितपुर महानगरपालिका गरि यस पटक महिला लिगमा आठ क्लब सहभागी हुदैछन् ।

फागुनमा समापन भएको लिगको पछिल्लो संस्करणमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।