काठमाडौं । सहज अग्रता जोगाउन नसक्दा न्युरोड टिम (एनआरटी) एपिएफ क्लबसँग अंक बाँड्न बाध्य भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार सम्पन्न छैटौ चरणको पहिलो खेलमा एनआरटीले एपिएफसँग ३-३ को बराबरी खेलेको हो ।
३२औं मिनेटमा मेसुके ओलुमेउको क्रसमा दर्शन गुरुङले गरेको गोलमा एनआरटीले अग्रता लिएको थियो ।तर त्यसको पाँच मिनेटपछि नै आशिष लामाको गोलमा एपिएफ खेलमा फर्कियो ।
४८औं मिनेटमा रञ्जन विष्टको पासमा दर्शनल बललाई जाली चुमाउँदा एनआरटीले पुनः अग्रता लियो । ६१औं मिनेटमा मेसुकेले एपिएफका गोलकिपर युया कुरियासँग वान भर्सेस वानमा गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाए ।
त्यसको चार मिनेटपछि नै एपिएफका दिशेन धिमालले गोल गर्दैै टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । ३९औं मिनेटमा नविन लामाले गरेको गोलमा एपिएफ खेलमा फर्कियो ।
एनआरटीको ६ खेलमा ७ अंक छ भने एपिएफको समान खेलमा पाँच अंक छ ।
शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस् क्लब आमने सामने हुँदैछन् ।