नेपाली राष्ट्रिय फुटबल टोली

राष्ट्रिय फुटबल टोलीले माघमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले माघ १० देखि १८ गतेसम्मको बीचमा घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीले आगामी फिफाको आगामी अन्तर्राष्ट्रिय खेल तिथीअनुसार नेपालले पनि दुई खेलको शृंखलाका लागि एक टोलीलाई आतिथ्य प्रदान गर्ने तयारी गरेको छ ।

ती पदाधिकारीका अनुसार मोरिसस, माल्दिभ्स वा बंगलादेशमध्ये एकसँग नेपालमा दुई खेल खेल्ने तय भएको छ ।

‘तीन वटै देश नेपाल आएर दुई खेल खेल्नका लागि तयार छन् । हामी केही दिनमै कोसँग खेल्ने भन्ने विषयको टुंगो लगाएर सार्वजनिक गर्नेछौं,’ खेलाडीसँग उनले भने ।

ती पदाधिकारीका अनुसार दुई खेलको शृंखला पोखरा रंगशालामा हुने सम्भावना बलियो छ । लिगमा व्यस्त हुँदा दशरथ रंगशालाको मैदान अवस्था खराब भएकाले पोखरामा खेल गराउने एन्फाको योजना छ । 

तस्वीर सौजन्य: सुदर्शन रन्जित ।