इङ्लिस प्रिमियर लिग

सिटी शीर्ष स्थानमा , न्युक्यासलको पहिलो जित

लन्डन । वाट्फोर्डमाथि ३-१ को सहज जितका साथ साविक विजेता म्यानचेस्टर सिटी शनिबार इङलिस प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

शनिबार नै चाँडो गरि भएको खेलमा चेल्सीले वेस्ट हमसँग ३-२ ले स्तब्ध हुँदै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमएको थियो ।त्यस्तै लिभरपुललले उल्भरहमटनलाई १-० ले हराउँदै केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको थियो ।

१५ खेलमा ३५ अंक बटुलेको सिटी शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा ३४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने चेल्सी ३३ अंकका साथ तेस्रो स्थाननमा छ । २७ अंकसहित वेस्ट हम चौथो स्थानमा छ । 

चौथो मिनेटमा रहिम स्टर्लिङको गोलमा सिटीले अग्रता लिएको थियो । ३१औं मिनेटमा बर्नाडो सिल्भाले सिटीको अग्रता दोब्बर पारेका थिए । ६३औं मिनेटमा सिल्भाको दोस्रो गोलमा सिटीले आफ्नो अग्रता ३-० मा पुर्याएको थियो ।
७४औं मिनेटम युहान हर्नान्डेजले वाट्फोर्डका लागि गोल गरेपनि त्यो खेलमा फर्कन पर्याप्त भएन । 

लिभरपुललाई उल्भरहमटनविरुद्ध जित दिलाउन इन्जुरी समयमा डिभोक ओरिगीले गरेको गोल पर्याप्त बन्यो ।

न्युक्सालले भने जारी सिजन प्रिमियर लिगकै पहिलो जित दर्ता गर्ने क्रममा बनर्लीलाई १-० ले हरायो । न्युक्यासलका लागि कालुम विल्सनले निर्णायक गोल गरे ।

साउथहमटन र ब्राइटोनले भने १-१ को बराबरी खेले ।