इङ्लिस प्रिमियर लिग

मासुकुको गोलमा चेल्सी वेस्ट हमसँग स्तब्ध

लन्डन । अर्थर मासुकुले अन्तिम समयमा गरेको गोलमा वेस्ट हमले शनिबार इङ्लिस प्रिमियर लिगमा शीर्ष टोली चेल्सीलाई ३-२ ले स्तब्ध पारेको छ ।

२९औं मिनेटमा थियागो सिल्भाको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४०औं मिनेटमा म्यानुअल लान्जिनीले पेनाल्टी गोलमा वेस्ट हमलाई खेलामा फर्काएका थिए ।  त्यसको चार मिनेटपछि नै मेसन माउन्टले चेल्सीलाई पुनः अग्रता दिलाए । ५६औं मिनेटमा जारोड वावेनले वेस्ट हमलाई खेलमा फर्काएका थिए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा मासुकुले बललाई चाली चुमाउँदै वेस्ट हमलाई रोमाञ्चक जित दिलाएका थिए ।

१५ खेललमा ३३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । जुन एक खेल कम खेल्दै दोस््रो स्थानमा बसेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । १५ खेलमा २७ अंक बटुलेको वेस्ट हम चौथो स्थानमा छ ।