फुटबल
शहिद स्मारक ए डिभिजन लिग
पहिलो तीन अंकको खोजीमा एनआरटी, लगातार दोस्रो जित हात पार्ने च्यसालको लक्ष्य
काठमाडौं । न्युराड टिम (एनआरटी) शनिबार च्यासलविरुद्ध मैदान उत्रदा जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पार्न चाहन्छ ।
पहिलो खेमा मच्छिन्द्र फुटबल क्लबसँग २-१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब(बिबिसी)सँग गोलरहित बराबरीमा रोकिएको थियो ।
त्यसैले च्यासलविरुद्ध मैदान उत्रदा एनआरटी लिगकै पहिलो तीन अंक जोड्ने लक्ष्यमा छ ।
त्यस्तै पहिलो खेलमा थ्री स्टार क्लबलाई ३-० को नतिजा सुम्पिएपनि दोस्रो खेलमा एपिएफमाथि १-०को जितले राहत मिलेको च्यासल एनआरटीविरुद्ध पनि सुखद नतिजाका साथ जित यात्रालाई लगातार दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ ।
एनआरटीले तीन खेलमा मात्र एक अंक जोडेको छ भने च्यासलको दुई खेलमा तीन अंक छ ।