शहिद स्मारक ए डिभिजन लिग

जित यात्रा निरन्तरताको लक्ष्यमा मनाङ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार तेस्रो चरण अन्तर्गतको तेस्रो खेलमा मैदान उत्रदा मनाङ मस्र्याङदी क्लब जितको लय निरन्तर दिन चाहन्छ ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई हराएको मनाङ संकटा क्लबविरुद्ध उत्रदा पनि स्पष्ट तीन अंक जोड्न चाहन्छ । 

यता पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको संकटाले दोस्रो खेलमा फ्रेन्डस क्लबलाई हराउँदै तीन अंक जोडेको थियो । फ्रेन्डसविरुद्ध संकटाले पुनरागमन जित हात पारेको थियो ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले टोली स्वभाविक लयमा रहेकाले मनाङविरुद्ध पनि सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए ।
खेल दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।