इङ्लिस प्रिमियर लिग

क्यारिकले छोडे ओल्ड ट्राफोर्ड

लन्डन । म्यानचेस्टर युनाइटेडले क्लबका अन्तरिम प्रशिक्षक माइकल क्यारिकले ओल्ड ट्राफोर्ड छोडेको घोषणा गरेको छ ।

बिहीबार आर्सनलविरुद्ध जित हात पारेको खेल क्यारिकको युनाइटेडका लागि अन्तिम खेल रह्यो । तत्कालिन प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्तगीमा परेपछि सहायक प्रशिक्षक रहेका क्यारिकले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

युनाइटेडले राल्फ रागनिकलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ । क्यारिकले खेलाडी र प्रशिक्षकको रुपमा ओल्ड ट्राफोर्डमा १५ वर्ष बिताएका थिए ।

‘क्लबका मैले यादगाद क्षण बिताए , मैले १५ वर्ष अघि युनाइटेडसँग सम्झौता गर्दा यती धेरै उपाधि जित्छु र कुनै दिन टोली प्रशिक्षण सम्हाल्छु भनेर सोचेको थिइन,’ क्यारिकले भने,'मेरा लागि क्लब छोड्ने यो सबै भन्दा उपयुक्त समय हो ।'