इङ्लिस प्रिमियर लिग

रोनाल्डोको कीर्तिमानमा युनाइटेडको रोमाञ्चक जित

लन्डन । क्रिस्टियानो रोनाल्डोले खेल जीवनमा आठ सय गोलको कोसेढुगां पार गरेपछि म्यानचेस्टर युनाइटेड बिहीबार आर्सनललाई ३-२ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा जितको लयमा फर्किएको छ ।

१३औं मिनेटमा इमाइल स्मिथ रोको गोलमा आर्सनलले अग्रता लिएको थियो । ४४औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडलाई खेलमा फर्काएका थिए । ५२औं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै ओडेगार्डले आर्सनललाई खेलमा फर्काए । 
खेल सकिन २० मिनेट बाँकी रहँदा रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेडले जित पक्का गरेको थियो । पछिल्लो तीन खेलमा युनाइटेड जितविहिन थियो ।

 पछिल्लो नौ खेलमा युनाइटेडको यो मात्र दोस्रो जित हो ।

यसै सिजन ओल्ड ट्राफोर्ड फर्किएका रोनाल्डोले युनाइटेडका लागि एक सय ३०, रियाल मड्रिडका लागि ४ सय ५०, युभेन्टसका लागि एक सय एक , स्पोर्टिङ लिस्बनका लागि पाँच तथा पोर्चुगलको राष्ट्रिय टोलीका लागि एक सय १५ गोल गरेका छन् ।

युनाइटेड १४ खेलमा २१ अंकका साथ सातौ स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत बिहीबार भएको अर्कोे खेलमा टोटनहमले बेन्टफोर्डलाई २-० ले हरायो ।