शहिद स्मारक ए डिभिजन लिग

जित लयमा फर्कने लक्ष्यमा थ्री स्टार, पहिलो तीन अंक जोड्न फ्रेन्डस आतुर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । 

तेस्रो चरणको पहिलो खेलमा थ्री स्टार क्लबले फ्रेन्डस क्लबको सामना गर्दैछ । 

पहिलो खेलमा च्यासलमाथि ३-० को सहजत जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरेको थ्री स्टार दोस्रो चरणमा भने सातदोबाटो युथ क्लबसँग् १-० ले स्तब्ध भएको थियो । 

त्यसैले फ्रेन्डसको सामना गर्दा थ्री स्टार सुखद नतिजासहित जितको लयमा फर्कन चाहन्छ ।

फ्रेन्डसले भने दुई खेलमा एक हार र एक बराबरीको नतिजा ल्याएको छ । पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिएको फेन्डस् अग्रता जोगाउन नसक्दा दोस्रो खेला संकटा क्लबसँग २-१ ले पराजित भएको थियो ।

फ्रेन्डस पनि प्रतियोगितामा पहिलो तीन अंकको खोजीमा हुनेछ ।

खेल दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।