इटालियन सिरी ए

जानीलोलाई क्लब छोड्न माउरिन्होको सुझाव

रोम । इटालिन सिरी ‘ए’ क्लब एएस रोमाका प्रशिक्षक जोस माउरिन्होले मिडफिल्डर निकोलो जानीलोको क्लबले अर्काे विकल्प खोज्नु पर्ने सुझाव दिएका छन् ।

बुधबार सिरी ‘ए’ मा रोमा बोलोग्नासँग १–० ले पराजित भएको थियो ।

पहेंलो कार्डको दर्शन गरेका स्ट्राइकर ट्यामी अब्राहम र रक्षक रिक कार्सडोर्पले शनिबार साविक विजेता इन्टर मिलानविरुद्धको खेल गुमाउने भएपछि माउरिन्हो अझ आक्रोसित भएका थिए ।

युरोपा कन्फ्रेन्स लिगमा दुई गोल गरेका जानीलोले सिरी ‘ए’ मा गोल गर्न सकेका छैनन् । 

‘शनिबार मिलानसँगको खेलका लागि मैले रणनीति बनाउनु पर्नेछ । मैले रक्षक जियानलुका मानसिनीको स्थानमा जानीलोलाई खेलाउने बारेमा सोचेको थिए तर उनले स्तर अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन,माउरिन्होले भने, एक पटक अभ्यासमा उनको खेल हेर्छु । त्यसपछि मैले जानीलोका बारेमा लिने निर्णय मेरो र क्लबको इच्छा विपरित पनि आउन सक्छ ।

१५ खेलबाट २५ अंक बटुलेको रोमा तालिकाको पाँचौ स्थानमा छ ।