इङ्लिस प्रिमियर लिग

हाजार्ड खेल जीवनकै खराब लयबाट गुज्रिरहेको मार्टिनेजको खुलासा

ब्रसेल्स । बेल्जियमा प्रशिक्षक रोबर्टो मार्टिनेजले स्ट्राइकर इडेन हाजार्ड खेल जीवनकै सबैभन्दा खराव स्थितीबाट गुज्रिरहेको खुलासा गरेका छन् ।

‘केही समययता हाजार्ड निकै खराव स्थितीबाट गुजिैरहेका छन् । तर पनि उनले राष्ट्रिय टोलीमा निकै ध्यान दिइरहेका छन्,’ मार्टिनेजले भने, ‘उनमा खेल जिताउने क्षमता छ । उनी अहिले स्वभाविक लयमा छैनन् ।’

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका स्ट्राइकर हाजार्डले यो सिजन १० खेलको समाप्तीमा मात्र चार गोल गरेका छन् ।

त्यस्तै राष्ट्रिय टोलीबाट एक सय १६ खेल खेलेका हाजार्डले ३३ गोल गरेका छन् । हाजार्डले अर्को वर्ष कतारमा हुने विश्वकपको युरोपियन छनोटमा भने मात्र एक गोल गरेका छन् । 

बेल्जियमले समूह विजेताका रुपमा कतार विश्वकपको टिकट काटिसकेको छ ।

सन् २०१९ मा चेल्सीबाट रियाल मड्रिड भित्रिएका हाजार्डले स्टामफोर्ड ब्रिजमा सात वर्ष रहँदा दुई पटक प्रिमियर लिगको उपाधि चुमेका थिए ।