फ्रेन्च लिग वान

नेइमार अझै केही साता मैदान बाहिर रहने

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारले तिघ्राको चोटका कारण लिग वानअन्तर्गत शनिबार नान्टेसविरुद्धको खेल गुमाउँने भएका छन् । 

चोटकै कारण  च्याम्पियन्स लिगअन्तर्गत नोभेम्बर २५ मा म्यानचेस्टर सिटीविरुद्ध हुने खेलमा समेत नेइमार मैदान उत्रने सम्भावना न्युन बनेको छ ।

२९ वर्षिय ब्राजिलियन स्ट्राइकर नेइमारले यसअघि तिघ्राको चोटका कारण विश्वकप छनोटअन्तर्गत मंगलबार अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाएका थिए ।

नेइमारले विश्वकप छनोटअन्तर्गत नोभेम्बर १२ मा भएको कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए ।