ब्राइट फ्युचर कप फुटसल

वेस्ट प्वाइन्ट च्याम्पियन

काठमाडौं ।  वेस्ट प्वाइन्ट तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । नैकापस्थित आयोजकको हातामा भएको फाइनलमा वेस्ट पोइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३-० ले पराजित गर्यो ।

उपाधि जितेको वेस्ट प्वाइन्टले ३५ हजार रुपैयाँ पुरस्कारसहित ८ लाख ४० हजार रुपैयाँको छात्रवृत्ति प्राप्त गर्यो । उपविजेता जेसिसले २० हजार रुपैयाँ पुरस्कारका साथ ५ लाख २५ हजार रुपैयाँको छात्रवृत्ति पायो ।

 यसैगरी सहभागी अन्य टिमलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख श्यामकृष्ण महर्जनले जनाएका छन् ।

वेस्ट प्वाइन्टका केशरजंग भुजेल सर्वोकृष्ट खेलाडी चुनिए । जेसिस स्कुलका तोयानाथ भण्डारी उत्कृष्ट गोलकिपर र वेस्ट प्वाइन्टका सन्देश भण्डारी सर्वाधिक गोलकर्ता बने । कंकाली मावि, नैकापले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई श्रीलंकाका धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पीएल परेरा, चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीलगायतले  पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले गरेका थिए ।