जर्मन बुन्डेसलिगा

बायर्नले बर्लिनलाई हरायो

काठमाडौं । जर्मन बुन्डेसलिगामा शनिबार बायर्न म्युनिखले घरेलु टोली युनियन बर्लिनविरुद्ध ५-१ को फराकिलो जित निकालेको छ ।

अल्टेन फरेस्टेरी रंगशालामा बायर्नलाई जित दिलाउन थोमस मुलरले दुई तथा लियोन गोरेट्जाका, ह्यारी केन र म्याथिस टेलले समान एक गोल गरे । बर्लिनका लागि योर्बे भर्टेस्सेनले एक गोल फर्काए ।

जितसँगै बायर्न ३० खेलमा ६६ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित बर्लिन समान खेलबाट २९ अंकका साथ १४औं स्थानमा छ ।

खेलको २९औं मिनेटमा गोरेट्जाकाको गोलमार्फत बायर्नले अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा केनले टोलीको अग्रता दोब्बर बनाए ।

मुलरले ५३औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । आठ मिनेटपछि टेलले गोल गर्दा बायर्न ४-१ ले अगाडि बढ्यो ।

मुलरले ६६औं मिनेटमा ब्यक्तित दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ९०औं मिनेटमा भार्टेस्सेनले बर्लिनका लागि सान्त्वना गोल फर्काए ।